१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

रवि लामिछानेको नागरिकताबारे संसदमा ओलीले बोले झुट



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको विषयमा प्रतिनिधिसभामा झुट बोलेका छन् । आइतबार प्रतिनिधिसभाको विशेष समयमा ओलीले निर्वाचन आयोगले रवि लामिछानेको नागरिकताका विषयमा परेको उजुरी बदर गरेको बताएका हुन् ।

ओलीले भनेका छन्, ‘निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गरेको, त्यसबेला उजुरी परेको, उजुरी ठीक नठहरेको, बदर भएको, उम्मेदवार हुन पाउँछ, वैधानिक छ भनेर निर्वाचन आयोगले उम्मेदवारी सदर गरेको ।’ तर, आयोगले लामिछानेको नागरिकता विवादमा यस्तो निर्णय दिएको छैन ।

रवि लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै चितवन–२ को निर्वाचन अधिकृतको कार्यालयमा २९ कात्तिकमा राजकुमार पाण्डेले उजुरी दिएका थिए । जुन उजुरी उम्मेदवारीमाथिको दाबी विरोध गर्नुपर्ने समय सकिइसकेपछि आएको थियो । ४ मंसिरको निर्वाचन आउनभन्दा ५ दिनअघि परेको उजुरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले ३० कात्तिक २०७९ मा सात दिनको समय दिएर लामिछानेसँग स्पष्टीकरण मागेको थियो ।

लामिछानेले निर्वाचन सकिएपछि ७ मंसिरमा आयोगमा स्पष्टीकरण बुझाएका थिए । त्यसपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले लामिछानेले बुझाएको स्पष्टीकरण सीधै केन्द्रमा ८ मंसिर २०७९ मा पठाएको थियो । त्यसको भोलिपल्ट ९ मंसिर २०७९ मा चुनावी परिणाम घोषणा भएको थियो ।


प्रतिक्रिया दिनुहोस !