१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

रवि लामिछानेको अभिव्यक्तिको रास्वपाका केन्द्रीय नेताले जिम्मा नलिने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेताले सभापति रवि लामिछानेले गत आइतबार पत्रकार सम्मेलनमा बोलेका कुराको जिम्मा नलिने घोषणा गरेका छन् । केन्द्रीय कमिटी सदस्य अरनिको पाँडेले पार्टी सभापति लामिछानेले पत्रकार सम्मेलनमा दिएका अभिव्यक्तिको जिम्मा आफूले नलिने बताएका हुन् । एउटा नेता जहिले पनि भावनाभन्दा माथि उठ्नुपर्ने उल्लेख गर्दै उनले लामिछानेले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् ।

आज दिँउसो ट्वीट गर्दै उनले रास्वपाको सो दिन बसेको बैठकले गरेको निर्णयको स्वामित्व भने आफूले लिने जानकारी गराए । ‘आइतबार रास्वपाको बैठकमा सहभागी थिएँ । बैठकले गरेको निर्णयको स्वामित्व लिन्छु, किन कि यसबारे हामीले व्यापक छलफल गरेका थियौं’, पाँडेले भने, ‘तर, म पत्रकार सम्मेलनमा सहभागी थिइन । त्यहाँ जे भनियो त्यसको सह–स्वामित्व म लिदिँन ।’

युवा, सीमान्तकृत र नेपालका आशावादीहरुको पक्षमा उभिन रास्वपा एक नेता भावनाभन्दा माथि उठ्न जरुरी रहेको उनको धारणा छ । आइतबार दिउँसो बसेको रास्वपाको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारबाट बाहिरिने निर्णय गरेको थियो । तर, त्यसपछि आयोजित पत्रकार सम्मेलनमा लामिछानेले नेपाली मिडियाप्रति चरम असन्तुष्टि पोखेका थिए ।


प्रतिक्रिया दिनुहोस !