१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

सिंहदरबार परिसर भित्रका क्यान्टिनमा म्याद गुज्रिएका अखाद्य खानेकुरा



काठमाडौँ । सिंहदरबार परिसर भित्र रहेको केन्द्रीय क्यान्टिनमा म्याद गुज्रिएका अखाद्य खानेकुरा तथा मसला भेटिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार आकस्मिक रुपमा अनुगमन गर्दा उक्त कुरा खान अयोग्य वस्तु फेला परेको हो ।

विभागको बजार निरीक्षण अधिकृतको टोलीले गरेको अनुगमनको क्रममा उक्त क्यान्टिनमा खानयोग्य अवधि सकिएका तथा लेबलै नभएका मसला, दुग्धजन्य पदार्थ, दुर्गन्धित मासु र तरकारी समेत फेला परेको विभागका प्रवक्ता होमनाथ भट्टराईले जानकारी दिए ।

अनुगमनमा गएको टोलीले त्यस्ता सबै वस्तुहरू तत्काल नष्ट गरेको जनाएको छ । साथै उक्त क्यान्टिन सञ्चालन गर्ने ‘कञ्चन चमेना गृह’ र यसका सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हित विपरीतको कसुर गरेको हुँदा तत्काल ३ लाख रुपैयाँ जरिवाना समेत गरिएको विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !