१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

राष्ट्रपति पौडेलको सचिवालयमा पाँच सदस्य नियुक्त



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयमा पाँच सदस्य नियुक्त भएका छन् । पौडेलले राष्ट्रपतिको शपथग्रहण गरेकै दिन प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका थिए ।

त्यस्तै पौडेलका सदावहार सहयोगी तथा सधैं स्वकीय सचिवको भूमिकामा रहेका चिरञ्जिवी अधिकारी निजी सचिव नियुक्त भएका छन् ।

नेपाल प्रेस युनियनका पूर्वसचिव खिला कार्की मिडिया हेर्नेगरी सचिवालयमा नियुक्त भएका छन् भने नेविसंघका नेता सुशील तिमल्सिनाले पनि सचिवालयमा नियुक्ति पाएका छन् । उनी तनहुँकै हुन् । त्यस्तै राष्ट्रपतिको निजी फोटोग्राफरमा फोटो पत्रकार अनिश रेग्मी नियुक्त भएका छन् । अन्य विज्ञ सल्लाहकार र सहयोगीहरू क्रमशः नियुक्त हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !