
काठमाडौं । नाईस टिभीका सञ्चालक आशिर्वाद भनिने धनबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरीले काठमाण्डौको कालोपुलबाट पक्राउ गरेको हो। आफ्नो टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारहरुलाई पारिश्रमिक दिएको भन्दै आफ्नो रोक्का भएको बैंकको चेक दिए पछि पीडित पत्रकारहरुले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका श्रमजीवी पत्रकार संगठनका केन्द्रीय अध्यक्ष जन्मदेव जैशीले जानकारी दिए ।
अध्यक्ष जैशीका अनुसार टेलिभिजनका संचालक मगरले ११ जना श्रमजीवी पत्रकारहरुको पारिश्रमिक बापतको जम्मा छ लाख १३ हजार नौ सय ६४ रुपियाँ नदिएछि प्रहरी समक्ष उजुरी दिएको थिए । उनीहरु सबैलाई खाता रोक्का भएको बैंकको चेक दिएपछि पिडित पत्रकारहरुले चेक बाउन्सको प्रकिया चलाएका थिए ।
आफूविरुद्ध उजुरी परेको थाहा पाएपछि लिकिछिपी हिडेका संचालक मगरलाई पक्राउ गरेर अहिले टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाण्डौको हिरासतमा राखिएको पनि प्राप्त समाचारमा जनाइएको छ। अहिले प्रहरीको नियन्त्रणमा रहेका मगरले पिडित पत्रकारहरुलाई भुक्तानी गर्नु पर्ने व्यवस्था गर्न आफ्नो श्रीमतीलाई अनुरोध गरिसकेको पनि श्रमजीवी पत्रकार संघका अध्यक्ष जैशीले जानकारी दिए।