१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक १५० मिटर तल खस्यो, ३ जनाको मृत्यु



दैलेख । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । नेपालगन्जबाट दैलेख आउँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ मा दुर्घटना भएको हो ।

मनकामना ग्यास बोकेको ट्रक सडकबाट अन्दाजी १ सय ५० मिटर तल खस्दा ट्रकमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले बताए । मृत्यु भएका ३ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !