१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

पश्चिमाहरुले फासिस्ट जर्मनी र सैन्यवादी जापानले बनाएको जस्तै गठबन्धन बनाउन थाले : पुटिन



एजेन्सी । भ्लादिमिर पुटिनले रुसले चीनसँग सैन्य गठबन्धन नबनाएको र कुनै पनि देशलाई धम्की नदिएको बताएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको गत हप्ता मस्कोको तीन दिने राजकीय भ्रमण पछि चीनले रुसलाई समर्थन बढाउन सक्ने विश्वभरी आशंका बढेको बेला पुटिनको त्यस्तो टिप्पणी आएको हो । तर चीनले आफ्ना कम्पनीहरूमार्फत रुसलाई “गैर घातक” सहायता उपलब्ध गराउँदै आएको अमेरिकी प्रशासनको आरोप छ । एक टिभी अन्तर्वार्तामा बोल्दै पुटिनले पश्चिमाहरुले फासिस्ट जर्मनी र सैन्यवादी जापानले बनाएको जस्तै नयाँ धुर्ब निर्माण गर्न थालेको आरोप पनि लगाए। तर अन्तर्राष्ट्रिय फौजदारी अदालतले युद्ध अपराधको कारण पुटिनको लागि गिरफ्तारी वारेन्ट जारी गरेको केही दिन पछि सीको भ्रमण भएको थियो ।


प्रतिक्रिया दिनुहोस !