२४ बैशाख २०८१, सोमबार
 |   Mon May 6 2024
Logo

यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका मदन राई रास्वपाको केन्द्रीय सदस्य !



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीसँग नाम जोडिएका कृषी विज्ञ मदन राई यौन दुव्र्यवहारको आरोपमा प्रहरी हिरासतमा छन् । रास्वपाको केन्द्रीय सदस्य समेत रहेको भन्दै मदनको नाम सार्वजनिक भएपछि यतिबेला रास्वपाबारे समेत विभिन्न टिप्पणी हुन थालेको छ । के मदन राई रास्वपा केन्द्रीय सदस्य नै हुन त रु के हो उनको वास्तविकता रु

यी हुन ७५ वर्षीया मदन राई । विद्यार्थीहरुलाई छोरा छोरी भन्दै कृषि कर्ममा संलग्न हुन र यसको सम्मान गर्न उनी निरन्तर पहरेदारी गर्छन् । कृषि विज्ञका रुपमा चिनिने यी नै मदन बालबालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा जीवनको उत्तरार्द्धमा प्रहरी हिरासत पुगेका छन् ।

मदन शुभद्रा मदन फाउन्डेसनका सञ्चालक समेत हुन् । खोटाङस्थित शुभद्रा मदन फाउन्डेसन ९शुभम० मार्फत जनजागृति उच्च माध्यमिक विद्यालयको व्यवस्थापन र सञ्चालन गर्ने गरेका छन् । यसै फाउन्डेसनमा रहेका विद्यार्थीमाथि नै यौन हिंसा गरेको आरोपपछि मदन प्रहरी हिरासत पुगेका हुन् । तर, आफूले यौन हिंसा नगरेको दाबी गरेका मदनले शिक्षा र ज्ञान दिन आफूले यस्तो गर्ने गरेको दाबी गर्छन् । प्रहरीमा उजुरी परेपछि पक्राउ पर्ने संकेत पाएका मदनले पक्राउ पर्नु अघि यस्तो सन्देश लेखेका छन् ।

यसअघि पनि यौनको विषयलाई सामान्य रुपमा लिनुपर्छ भन्दै सार्वजनिक अन्तरवार्ता दिने मदन यौनबारे जथाभावी नै बोल्ने गर्छन् ।

यीनै मदनले विद्यार्थीहरुलाई अनैतिक काममा लगाउने, यौन दुर्व्यवहार गर्ने, संवेदनशील अंगमा छुने लगायतको अपराध गरेको आरोपमा प्रहरी हिरासतमा छन् । मदन पक्राउ परेपछि हल्ला फैलियो, उनी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य हुन् । मदन रास्वपाको केन्द्रीय सदस्य रहेको हल्लापछि अनेक टिप्पणी भए ।

त्यसपछि रास्वपा महामन्त्री मुकुल ढकालले विज्ञप्ति नै जारी गरेर उनी र रास्वपाको कुनै साइनो नरहेको दाबी गरेका छन् । रास्वपाले २०७९ भदौ ११ गते उपत्यका भेलाको कार्यक्रममा खुल्ला मञ्चमा मदन राईलाई कृषि विज्ञको रुपमा मात्रै ल्याएको दाबी महामन्त्री मुकुलको छ ।


प्रतिक्रिया दिनुहोस !