६ चैत्र २०८०, मंगलवार
 |   Tue Mar 19 2024
Logo

आफ्नो जमिन हुँदै बंगलादेश बिजुली बेच्न दिन भारत सहमत



काठमाडौँ । भारतले नेपालबाट आफ्नो जमिन हुँदै बंगलादेश बिजुली बेच्न दिन सहमति जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपालबाट भारतीय भूभाग हुँदै बंगलादेशलाई बिजुली बेच्न दिन सहमति जनाएको हो । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले आफ्नो भूभाग हुँदै नेपालबाट ४० मेगावाट बिजुली बेच्न सहमती दिन समस्या नहुने बताएका हुन् । आयोजित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको उत्तर दिँदै उनले भने, ‘नेपाल र बंगलादेशबीच बिजुली व्यापारका लागि त्रिपक्षीय सम्झौता चाहिन्छ । तर, यसका लागि भारत तयार छ ।’ नेपाल र बंगलादेशबीच विद्युत व्यापार भएमा क्षेत्रीय रुपमा नै फाइदा हुने र यसका लागि भारत तयार रहेको क्वात्राको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !