२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

जस्तै रवि लामिछाने उस्तै सोविता गौतम



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले विवाह गरेकी छन् । दुई साताअघि विवाह गरेर सोविता श्रीमान गृहेन्द्र घिमिरेसँगै यतिखेर जापान घुममाममा रहेको बताइएको छ ।

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालका नाताले भानिज गृहेन्द्र चितवनका हुन् । उनकी जेठी श्रीमती र छोरी अमेरिकाको टेक्सासमा रहेको बुझिएको छ । कतिपयले व्यापार व्यवसायमा लागेका घिमिरेका छोरा भने नेपालमै रहेको बताएका छन् ।

सोवितासँग लामो समयदेखिको प्रेम सम्बन्धका कारण गृहेन्द्रको जेठी श्रीमतीसँगको घरबार बिग्रेको भन्नेहरु पनि भेटिएका छन् । सञ्चारकर्मी तथा राजनीतिक विश्लेषक डा। प्रदीप भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आखिर रवि जस्तो,सोविता त्यस्तै । भेडा भेडासँगै,बाख्रा बाख्रासँगै भनेको यही हो ।’

ठेकेदार र व्यवसायीको रुपमा परिचित घिमिरे गृष्मा ब्रोडकास्टिङका अध्यक्ष पनि हुन् । विगतमा सोविता पनि सञ्चारकर्मी थिइन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले आफ्नो नामको अगाडिको अक्षरबाट गृष्मा कम्पनी खोलेको अनुमान लगाइएको छ ।

काठमाडौं २ निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा विजयी गौतम पार्टी कामको सिलसिलामा जापान गएकी हुन् । विवाहपछि श्रीमान गृहेन्द्र पनि उनीसँगै उतै गएको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस !