६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

नागरिकता विधेयक प्रमाणीकरण खारेजको माग गर्दै विरोध प्रदर्शन



काठमाडौं । नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयक प्रमाणीकरण खारेजको माग गर्दै विरोध प्रदर्शन गरेको छ। नयाँ बानेश्वरस्थित संसद भवन अगाडि नेमकिपाका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन्। देशको हितमा नभई विदेशी मुलुकलाई खुसी पार्न नागरिकता विधेयक प्रमाणीकरण गरिएको नेमकिपाका आरोप छ । नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा कोटेश्वरदेखि निकालिएको र्‍याली संसद भवन अगाडि पुगेर विरोधमा उत्रिएको हो। अहिले बानेश्वर क्षेत्रमा बाक्लोरुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाली लेण्डूपहरू मुर्दावाद, देशभक्त नेपाली एक होऔं, देशघाती नागरिकता विधेयक प्रमाणीकरण खारेज गरलगायत नारा लेखिएको ब्यानरसहित उनीहरू विरोधमा उत्रिएका छन्।


प्रतिक्रिया दिनुहोस !