७ जेष्ठ २०८१, सोमबार
 |   Mon May 20 2024
Logo

आफुसँगको अमेरिकी युद्धले विश्वलाई नै ठूलो क्षति हुने चीनको चेतावनी



काठमाडौं । चिनियाँ रक्षामन्त्री ली साङ्फुले चीन र अमेरिकाबीचको द्वन्द्वका कारण विश्वका लागि असह्य विपत्ति ल्याउने चेतावनी दिँदै चीनले अमेरिकासँग वार्ता गर्न खोजेको बताएका छन् । एसियाको उच्चस्तरीय सुरक्षा सम्मेलनको सांग्रिला संवादमा बोल्दै लीले चीन र अमेरिका सँगै बढ्नका लागि पर्याप्त सम्भावना रहेको बताए । चीन र अमेरिकासँग फरक विधि छन् र अन्य विभिन्न रुपले यी फरक छन्् लीले भने । ली रक्षामन्त्रीमा नियुक्त भएपछि पहिलो पटक यसरी अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गरेका हुन् । उनले भनेका छन्, यद्यपि यसले दुई पक्षलाई द्विपक्षीय सम्बन्ध र गहिरो सहयोग बढाउने साझा आधार र हित खोज्नबाट रोक्नु हुँदैन ।

यस क्रममा उनले चीन र अमेरिकाबीचको द्वन्द्व वा टकरावले विश्वलाई नै क्षति पुर्‍याउने कुरा कसैले इन्कार गर्न नसक्ने बताएका थिए । ताइवान, दक्षिण चीन सागर लगायतका मुद्दालाई लिएर दुई देशबीच तनाब जारी रहँदा चिनियाँ रक्षामन्त्रीले आइतबार यस्तो प्रतिक्रिया दिएका हुन् । शनिबार मात्रै अमेरिकी सेनाले चिनियाँ नौसेनाले असुरक्षित युद्धाभ्यास गरेको भन्दै कडा आलोचना गरेको थियो । चीनले भने ताइवानको शान्ति र स्थिरतालाई कमजोर पार्ने गरी अमेरिकाले उक्साहट गरिरहेको आरोप लगाउँदै आएको छ । यसैबीच अमेरिकी रक्षा सचिव लोयड अस्टिनले सिंगापुरको एक बैठकमा स्वशासित ताइवानको स्वशासन जोगाउन अमेरिका गम्भीर रुपमा प्रतिबद्ध रहेको बताएका थिए । उनले सैन्य वार्ता गर्न इन्कार गरेकोमा चीनप्रति पनि असन्तुष्टि जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस !