२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

राष्ट्रिय अनुसन्धान विभागले माग्यो दरखास्त



काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले स्थायी पदपूर्तिका लागि अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदमा दरखास्त आह्वान गरेको छ । विभागले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी अनुसन्धान अधिकृत ३० र अनुसन्धान सहायक ४१ जना माग गरेको छ ।

योग्यता पुगेका नेपाली नागरिकले विभागको वेबसाइटमार्फत अनलाइन फाराम भर्नुपर्नेछ । आवेदन ३० दिनभित्र दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक साता फारम भर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस !