२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

समयमै कोरिया जान नपाएपछि ईपीएस शाखा घेराउ



काठमाडौं । ईपीएस कोरियन भाषा परीक्षा पास भएर पनि कोरिया जान नपाएको भन्दै कोरियाबाट फर्किएकाहरुले ग्वार्कोस्थित वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखा घेराउ गरेका छन् । आइतबार बिहान ग्वार्को पुगेका ‘कोरिया रिटर्नी’हरुले प्रदर्शन गरे । प्रदर्शनमा अप्रिय घटना पनि हुन सक्ने भन्दै सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

वैधानिक रुपमा कोरियाबाट फर्किएकाहरुले लामो समयसम्म महामारीका कारण कम्प्युटर प्रणालीमा दिनुपर्ने सीभीटी परीक्षा दिन पाएका थिएनन् । त्यसपछि भएका सीभीटी परीक्षामा पनि पूर्णाङ्क ल्याउने मात्रै पास भएका थिए । नियमित परीक्षामा भाग लिएर नाम निकालेपछि पनि पछि आफूहरुको लेबर इग्रिमेन्ट जारी नभएको भन्दै कोरिया रिटर्नीहरुले ईपीएस कोरिया शाखा कार्यालय घेराउ गरेका हुन् । सन् २०२२ को सेप्टेम्बरमा परीक्षा दिएर पास भएकाहरु पनि अझै कोरिया जान नपाएको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका हुन् ।

सरकारले कोरिया सरकारसँग वार्ता गरेर पीडितहरुको माग सम्बोधन गर्नुपर्ने उनीहरुको माग छ । दुःख गरेर भाषा परीक्षा पास हुँदा पनि एक पटक कोरिया गएर फर्र्किएकाहरुलाई लैजान रोजगारदाताले आनाकानी गरेकोमा उनीहरुको आपत्ति छ ।


प्रतिक्रिया दिनुहोस !