२३ बैशाख २०८१, आईतवार
 |   Sun May 5 2024
Logo

अप्टिकल फाइबर मार्फत इन्टरनेट चलाउने नेपालीको संख्या सवा एक करोड



नेपालमा अप्टिकल फाइबर (तार) मार्फत इन्टरनेट चलाउने प्रयोगकर्ताको संख्या बढेको देखिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८० भदौ मसान्तसम्मको एमआईएस प्रतिवेदन अनुसार तार मार्फत इन्टरनेट प्रयोग गर्ने सवा एक करोड पुगेको देखिन्छ।

प्राधिकरणको तथ्यांक अनुसार भदौसम्म इन्टरनेट सेवा प्रदायक (आईएसपी) मार्फत इन्टरनेट प्रयोग गर्नेको संख्या १ करोड २४ लाख १३ हजार ५४० पुगेको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणका अनुसार एउटा कनेक्सनबाट औसतमा ४.३७ ग्राहकले इन्टरनेट प्रयोग गर्छन। जेठसम्म इन्टरनेट कनेक्सन संख्या २८ लाख ४० हजार ६२७ छ।

गत वर्ष २०७९ भदौमा तार मार्फत इन्टरनेट प्रयोग गर्नेको संख्या १ करोड १९ लाख ८८ हजार ३०८ थियो। एक वर्षको अवधिमा तार मार्फत इन्टरनेट चलाउने ४ लाख २५ हजार २३२ ले बढेको छ।

वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड सर्वाधिक ३५ लाख ४८ हजार ४२७ ग्राहक सहित नेपालको इन्टरनेट बजारमा अग्र स्थानमा छ।


प्रतिक्रिया दिनुहोस !