२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

प्रधानमन्त्रीलाई प्रेम सुवालको सुझाव- राजीनामा दिएर घर बस्नू



नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा दिन सुझाव दिएका छन् ।

२६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलवार भक्तपुरमा आयोजित जनचेतनामुलक शैक्षिक प्रदर्शनीलाई सम्बोधन गर्दै उनले केही दिन अघिमात्रै नेताहरूको बैठक राखेर प्रचण्डले आफू प्रधानमन्त्री बनेको एक वर्षमात्रै भएको र देशको अर्थतन्त्र ध्वस्त भएको उल्लेख गरेको बताए ।

अघिल्लो सरकारहरूले गरेको भनेर पन्छिन नमिल्ने सुवालको टिप्पणी छ । राणा शासन र पञ्चायतविरुद्ध लडेकाहरूले गणतन्त्रमा अब केही गर्न सकिँदैन भनेर जनतालाई धोका दिन नपाइने उनले बताए । जनतालाई धोका दिएर सिंहदरबार कब्जा गरेर नबस्न सुवालले चेतावनी दिए । गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरूले देशलाई नर्क बनाएको आरोपसमेत उनको छ ।

सुवालले भने, ‘हाम्रा प्रधानमन्त्रीहरुसँग देश विकासको खाकै छैन । अस्ति प्रधानमन्त्रीले हामीसँग बैठक बोलाएर भन्नुभयो, अर्थतन्त्र मैले यस्तो बनाएको होइन, म त एक वर्ष मात्रै भयो, देशको अर्थतन्त्र ध्वस्त भयो । अघिल्लो सरकारहरुले ध्वस्त भएको भए आफूले सम्हाल्ने हो नि ! होइन भने राजीनामा दिएर घर बसे भइहाल्यो नि ! राणा शासनको बिरुद्ध लडेको, पञ्चायतविरुद्ध लडेको बहुदल र गणतन्त्र अब केही गर्न सकिँदैन भनेर हुन्छ ? जनतालाई धोका दिने सिंहदरबार कब्जा गरेर । हामीले धोका दिन र भाग्न पाइँदैन भनेका छौँ । प्रधानमन्त्री भएर भाग्न पाइन्छ ?

सांसद सुवालले मेलम्चीको पानी बारम्बार उद्घाटन गर्ने काम लज्जाजनक रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !