१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

फरवार्ड माइक्रोफाइनान्सद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन



रौतहट । सामाजिक उत्तरदायित्व अन्तरगत फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । फरवार्ड माइक्रोफाइनान्सले रौतहट जिल्लाको कटहरियामा आँखा, कान र दाँत सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा ३०० जना बिरामीको आँखा, कान र दाँतको स्वास्थ्य जाँच भएको थियो । निःशुल्क स्वास्थ्य शिविरमा निःशुल्क औषधी समेत बितरण गरिएको थियो भने, अस्पतालमा थप उपचार र शल्यक्रियामा पनि बिशेष छुट दिइने भनिएको छ ।

प्रकाशजित आई हस्पिटल तथा नर्सिङ होम प्रा.लि.को प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा लघुवित्त महिला सदस्यहरुसँगै सो क्षेत्रका स्थानीयहरुको आँखा, कान र दाँतको स्वास्थ्य जाँच गरिएको थियो ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको बैंकको इजाजत प्राप्त फरवार्ड माइक्रोफाइनान्सले ग्रामिण क्षेत्रमा रहेका महिलाहरुलाई वित्तीय पहुँच स्थापित गर्न अग्रसर छ । करिब ३ लाख महिलाहरुलाई आर्थिक सशक्तिकरणको अभियानमा जोड्दै आएको फरवार्डले वित्तीय साक्षरता, सीपमुलक तालिमहरु प्रदान गरेर महिलाहरुमा विना धितो कर्जा प्रवाह गर्दै उनीहरुको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !