२५ बैशाख २०८१, मंगलवार
 |   Tue May 7 2024
Logo

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिकाप्रसाद भट्ट नियुक्त



काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिकाप्रसाद भट्ट नियुक्त भएका छन् । आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि नै भट्टले आयल निगमको कार्यकारी निर्देशकका रूपमा काम गरिसकेका छन् । भट्टको कार्यकालमा २०७१ असोज १३ गतेदेखि अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय