१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

दैनिक रुपमा एक कप केसर भएको दूध पिउनुका फाइदाहरु हेर्नुहोस



केसरमा आइरन, क्यााल्सियम, भिटामिन सी, फस्फोरस जस्ता पोषक तत्वहरु पाइन्छन । दूधमा केसर राखेर पिउँदा यसका पोषक तत्वहरु अझै बढ्छन ।
दैनिक केसर दूध पिउँदा शरीरमा हुने फाइदाका बारेमा जानकारी

केसरमा पाइने यौगिक सेरोटोनिनले निद्रा राम्रो बनाउँछ । दैनिक सुत्नुअघि एक गिलास केसर दूधले तनाव पनि कम गर्न सक्छ । यसमा म्याग्नीज, भिटामिन सी, भिटामिन ए जस्ता पोषक तत्वहरु पाइन्छन । यसको सेवनले हड्डीको राम्रो विकास हुन्छ ।

यदी तपाईं पाचनसँग जोडिएको समस्याले ग्रस्त हुनुहुन्छ भने दैनिक केसर दूध पिउनुहोस । यसको सेवनले पाचन प्रणाली राम्रो बनाउनुका साथै कब्जियतबाट पनि छुटकारा दिन्छ ।
केसरमा हुने राइबोफ्लेविन र थायमिन जस्ता पोषक तत्वले मस्तिष्कलाई स्वस्थ बनाइराख्न सहयोग गर्छन । दैनिक केसर दूध पिउनाले दिमाग पनि तेज हुन्छ ।

गर्भावस्थामा हुने मुड स्वीङ र रक्तचापलाई नियन्त्रण गर्नका लागि पनि केसर दूध एकदमै राम्रो मानिन्छ । यसले गर्भवती महिलाको स्वास्थ्य पनि एकदमै राम्रो बनाउँछ ।

केसरमा हुने बीटा क्यारोटिनले आँखाको रेटिनालाई बलियो बनाउने काम गर्छ । दूधसँग यसको सेवन गर्नु आँखाको स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।

केसर दूधले शरीरमा भएको हानिकारक कोलेस्ट्रोल कम हुन्छ । यसले रक्तकोषिका तथा धमनीहरुमा पोषण दिन्छ । जसले गर्दा मुटुको स्वास्थ्य पनि राम्रो हुन्छ ।

दैनिक एक कप केसर दुध सेवनले व्यस्त मानिसहरुलाई पनि थकान मेटाउन मदत गर्दछ ।


प्रतिक्रिया दिनुहोस !