१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

सल्यानको बनगाड कुपिण्डेमा जिप दुर्घटना हुँदा पाँच घाइते



सल्यानको बनगाड कुपिण्डेमा बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । नेपालगञ्जबाट जाजरकोट जाँदैगरेको भे १ द्ध ३३४४ नम्बरको जिप सल्यान बनगाड कुपिण्डे नगरपालिका –१ टाट्केमा अनियन्त्रित भइ जिप दुर्घटना भएको हो । 

दुर्घटनामा परी जिपचालक जाजरकोट छेडागाड नगरपालिका –५ बस्ने २० वर्षीय शिखर चदारा, सोही ठाउँका ८४ वर्षीय भदे डाँगी, ५७ वर्षीय लालबहादुर डाँगी, वडा ६ का ३९ वर्षीय जयबहादुर थापा र ५८ वर्षीय बीरे टमाटा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले घाइते भदे डाँगीको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको जानकारी दिनुभयो । उहाँका अनुसार घाइते सबैको सल्लीबजारस्थित सिटी फार्मेसीमा उपचार भइरहेको छ । जिप अनियन्त्रित भइ सडकको नालीमा पल्टिएको थियो ।


प्रतिक्रिया दिनुहोस !