१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

निकालिएका ५ कलाकार र कृष्ण कँडेलको सहमति, शर्मिलाले भनिन्-स्कुटीमा पनि दुव्र्यहार गरियो



काठमाडौं । इन्द्रेणीबाट निकालिएका ६ जनामध्ये ५ कलाकारसँग सञ्चालक कृष्ण कँडेलले सहमति गरेका छन् । कँडेलसँग दुई दिन वार्ता गरेपश्चात उनीहरुले लिखित सहमतिमा हस्ताक्षर गरेका छन् । हिजो राति सहमतिमा हस्ताक्षर भएको छ । दुवै पक्षले एक–अर्काविरुद्ध कुनै पनि सार्वजनिक अभिव्यक्ति नदिने प्रतिवद्धता सहमतिपत्रमा गरिएको छ । निकालिएका कलाकारहरुले चाहेमा इन्द्रेणीमा फर्काउन कँडेल तयार भएका छन् । तर, कलाकारहरुले तत्काल नफर्किने बताए । कँडेलको विरुद्धमा धेरै कुरा बोलेकाले अहिले फर्किँदा अप्ठेरो पर्न सक्ने उनीहरुको भनाइ थियो ।

इन्द्रेणीबाट शर्मिला श्रेष्ठ, लक्ष्मीप्रसाद घिमिरे, पूर्णप्रसाद कँडेल, जीवन टन्डन र थप दुई जना निकालिएका थिए । उनीहरुले एकसाथ फेसबुक लाइभ आएर कँडेलमाथि विभिन्न आरोप लगाएका थिए । उनीहरुमध्ये शर्मिला श्रेष्ठले कँडेलले आफूलाई यौन दुर्व्यवहार गरेको दावी समेत गरेकी छन् । यस्तो आरोपको प्रतिवादमा कँडेलले पनि पत्रकार सम्मेलन गरेका थिए । उनले अदालतमा मानहानीको मुद्दा पनि दिएका छन् । सो मुद्दा परेपछि निकालिएका कलाकारहरु कँडेलसँग सम्झौतामा आउन तत्पर भएका हुन् । अस्ति र हिजो दुई पक्षबीच वार्ता भएको थियो । तर वार्तामा बोलाइए पनि शर्मिला भने आइनन् । बरु उनले हिजो फेरि एक्लै पत्रकार सम्मेलन गरेर कँडेलमाथि थप आरोप लगाएकी छन् । कँडेलले स्कुटरमा चढ्दा पनि आफूमाथि दुर्व्यवहार गरेको उनको नयाँ दावी छ ।


प्रतिक्रिया दिनुहोस !