१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

आज नेपाल र हङकङको बीचमा खेल हुँदै, युवा खेलाडीसहित मैदानमा उत्रिने



काठमाडौं । मैत्रीपूर्ण खेलका लागि हङकङ पुगेको नेपाल र हङकङको बीचमा आज खेल हुँदैछ । खेल बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाल त्रिकोणात्मक शृङ्खला खेल्नका बिहीबार हङकङ गएको हो । यही फागुन २७ गतेदेखि नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी–२० आई शृङ्खला सुरु हुँदै छ । त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । त्रिकोणात्मक शृङ्खलामा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ ।

यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुनेछ । नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय