१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

नेपाललाई उपाधि जित्न पपुवा न्युगिनीले दियो १७२ रनको मध्यम लक्ष्य



काठमाडौं । हङकङमा चलिरहेको त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनिले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो ।

पपुवा न्युगिनिका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ रन बनाए । यस्तै, हिला जर्ज वाइके वारेले १८, अलेई नाओले ३०, हिरीहिरीले १५, किपलिन डोरिगाले १४, चाड आइवती सोपरले १३ रन बनाए । नेपालका कुशल भुर्तेल र आकाश चन्दले तीनरतीन, करण केसी र गुल्शन झाले एक-एक विकेट लिए ।


प्रतिक्रिया दिनुहोस !