१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

हत्याका योजनाकार १६ वर्षपछि पक्राउ



काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हत्याका योजनाकार एक महिलालाई १६ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङ साविक बुढाथुम गाबिस-३ हाल गङ्गा जमुना नगरपालिका-७ घर भई हाल ललितपुर महानगरपालिका-२६ ढोलाहिटी बस्ने ४१ वर्षीया सबिता थापा (अधिकारी) रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वि.सं.२०६४ असार २६ गते ललितपुरको तत्कालीन ललितपुर उपमहानगरपालिका-२२ शङखमुलस्थित ललितपुर इमाडोल घर भएका ३३ वर्षीय धर्मराज विष्टको हत्या भएको र सोही घटनाका योजनाकार थापालाई १६ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरिएको हो । 

मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको प्राध्यापक रहेका धर्मराज विष्टलाई सोभिता थापाको योजनामा उनका भाइ विनोद थापासहित तीन जनाको समुहले कुटपिट गरी सख्त घाइते बनाएका थिए । घाइते विस्टको उपचारका क्रममा मृत्यु भएको थियो । थापालाई सोमबार ललितपुर महानगरपालिका-२६ ढोलाहिटीबाट निज सोभिता थापालाई पक्राउ गरी आज आवश्यक कारवाहीको लागि जिल्ला अदालत ललितपुर बुझाइएको प्रवक्ता रेग्मीले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय