१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बागलुङकी सात वर्षीया बालिकाको मृत्यु



काठमाडौं । कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सात वर्षीया बालिका सेन्जल शाहीको मृत्यु भएको छ। उनको चाबहिलस्थित नेपाल–भारत मैत्री अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको बालिकाको उपचारमा सरोकार राख्दै आएका लक्ष्मण दत्त सुवेदीले जानकारी दिएका छन्।

गएको मंगलबार राति पौने १२ बजे कान्ति बाल अस्पतालको इमर्जेन्सीमा पुर्‍याइएकी बालिकालाई कान्तिले भर्नै नगरी फिर्ता पठाएको थियो। सिकिस्त बालिकालाई भर्ना नै नगरी फर्काएपछि अस्पताल प्रशासनको चौतर्फी आलोचना भइरहेको छ।

‘कान्ति बाल अस्पातालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सेन्जल शाहीको निजी अस्पतालमा उपचारकै क्रममा आज (आइतबार) निधन भएको छ,’ सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सेन्जललाई बचाउन उनको परिवार र अस्पतालका चिकित्सकले अनेक प्रयास गरेपनि सफल हुन सकेन।’


प्रतिक्रिया दिनुहोस !