१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

काठमाडौं भित्रिने सडकको हरिबिजोग, गजुरीदेखि खानीखोला पुग्न मात्रै चार घण्टा



काठमाडौं । धादिङको गजुरी–खानीखोला सडकखण्डमा बिहीबार बिहानदेखि नै सवारी साधन हिलोमा फसेका कारण काठमाडौं भित्रिने र बाहिरिने मुख्य नाका प्रभावित भएको छ । गल्छी क्षेत्रमा विस्तार गरिएको सडकका कारण सास्ती भएको हो । अहिले सो क्षेत्रमा लामो जाम परेको छ । काठमाडौंदेखि बाहिने र भित्रिने सवारी साधन गजुरी–खानीखोला सडक खण्डको जाममा फसेका हुन् ।

इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख इन्स्पेक्टर देवेन्द्र शाहका अनुसार नागढुंगा, नौबिसे–मुग्लिन सडकखण्ड निर्माणका क्रममा खनिएको सडकमा पानी पर्दा लेदो निस्किएपछि सवारी साधन जाममा परेका हुन् ।

जामका कारण गजुरीदेखि खानीखोला पुग्नमात्रै चारघण्टा बढी लागेको छ । काठमाडौं भित्रिन बिहान त्यहाँ आइपुगेका सवारीसाधन अहिलेसम्मै फसेका छन् । उक्त सडक अहिले विस्तार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !