२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

आफ्नो फिल्म फ्लप भएपछि विजय देवरकोंडा पुगे उजुरी लिएर प्रहरीमा



विजय देवरकोंडाको नयाँ फिल्म ‘द फैमिली स्टार’ गत ५ अप्रिलमा रिलिज भएको थियो। फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेको छैन । साथै चलचित्रले समीक्षकको आलोचना पनि पाइरहेको छ । यसलाई विजयको करियरको सबैभन्दा कमजोर फिल्म भनिएको छ । 

यसैबीच विजयका म्यानेजर र उनको फ्यान क्लबका अध्यक्ष भने अहिले प्रहरीको पुगेका छन् ।  उनले विजय र उनको फिल्म खिलाफ विरुद्ध जानीजानी इन्टरनेटमा नकारात्मकता फैलाइएको गुनासो गरेका छन् । 

एक प्रयोगकर्ताले फोटो साझा गर्दै सो उजुरी पछि प्रहरीले पनि कारबाही सुरू गरेको र नक्कली खाता हटाउने काम भइरहेको  लेखेका छन् । विजयका पछिल्ला चार फिल्मले बक्स अफिसमा खासै प्रदर्शन गर्न सकेनन् । यो सूचीमा  ‘लिगर’,  ‘वर्ल्ड फेमस लभर’,  ‘डियर कम्रेड’ र  ‘खुशी’ जस्ता नामहरू परेका थिए। उनको भर्खरै रिलिज भएको ‘द फ्यामिली स्टार’ ले पनि बक्स अफिसमा त्यति राम्रो प्रतिक्रिया पाइरहेको छैन् । 

ट्रेड वेबसाइट सक्निल्कका अनुसार फिल्मले ५.७५ करोडको ओपनिङ गरेको थियो । त्यसपछि, पहिलो सप्ताहन्तमा १२.३ करोड कमाई गरेको रेकर्ड गरिएको छ । 

‘द फ्यामिली स्टार’लाई लिएर नकारात्मक कुराहरु लेखिएका छन् । यो सिलसिला फिल्म रिलिज पछि सुरु भएको हो । यसअघि पनि फिल्म र विजयलाई ट्रोल गरिएको थियो । विजयले एकपटक आफूलाई किन ट्रोल गरिएको हो भन्ने कुरा बुझ्न नसकेको बताएका थिए । अब विजयका म्यानेजर अनुराग पार्वतनेनी र उनको फ्यान क्लबका अध्यक्ष निशान्त कुमारले ट्रोलिङको स्क्रिनसट प्रहरीलाई बुझाएका छन् ।

धेरै फेक अकाउन्टको सहयोगमा विजयविरुद्ध नकारात्मक अभियान चलिरहेको बताइएको छ । तीमध्ये धेरैलाई हटाइसकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।


‘द फ्यामिली स्टार’को कमजोर संग्रहमा ट्रोलिङले कति भूमिका खेल्छ भन्न गाह्रो छ । सामान्यतया एउटा स्टारको फिल्म आउँदा अर्को स्टारका फ्यानले पाना ट्रोल गर्ने गर्छन् । तर दर्शकले तपाईंको फिल्म मन पराए भने ट्रोलिङ इन्टरनेटमा मात्रै सीमित रहन्छ । विजय देवरकोंडा र मृणाल ठाकुरको फिल्म ‘द फैमिली स्टार’ ले समीक्षामा राम्रो प्रतिक्रिया पाइरहेको छैन। फिल्मको पहिलो सप्ताहन्त अपेक्षाभन्दा धेरै कम थियो । यस्तो अवस्थामा चलचित्र उभिन सक्छ कि सक्दैन त्यो समयले नै देखाउने छ ।


प्रतिक्रिया दिनुहोस !