२४ मंसिर २०८०, आईतवार
 |   Sun Dec 10 2023
Logo

आत्महत्या प्रयासबाट घाइते भएका कोरोना संक्रमित बृद्धको मृत्यु



बुटवल | आत्महत्याको प्रयास गरेर घाइते भएका एकजना संक्रमितको मृत्यु भएको छ।

बुटवल १० का ७६ वर्षीय पुरुषले असोज १२ गते आफ्नै घरमा हँसियाले घाँटी रेटेर आत्महत्याको प्रयास गरेका थिए। उनको उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको कलेजका प्रशासन प्रमुख तेज केसीले जानकारी दिए।
आफै घाँटी रेटेर हत्या प्रयास गर्ने क्रममा घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएकोमा थप उपचारका लागि मेडिकल कलेजमा लगिएको थियो।

श्वासप्रश्वाससम्बन्धि समस्या देखिएका उनको पीसीआर पोजेटिभ रिपोर्ट मंगलबार मात्रै आएको थियो।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय