१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

सहकारी ठगी प्रकरणमा सीआईबीले छाडेका गुरुङलाई ललितपुर प्रहरीले समात्यो



काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले छाडेका लिला गुरुङलाई ललितपुर प्रहरीले फेरि पक्राउ गरेको छ । काठमाडौंको हाम्रो नयाँ कृषि सहकारीका उपाध्यक्ष रहेका गुरुङसहित तीन जनालाई सीआईबीले मंगलबार छाडेको थियो । सहकारीमा ठगी गरेको रकम फिर्ता गरेपछि उनीहरूविरुद्ध मुद्दा नचल्ने रायसहितको प्रतिवेदनका आधारमा उनीहरूलाई छाडिएको थियो ।

तर, गुरुङले ललितपुरको मानभवनस्थित अर्को कल्याण उपकार सेभिङ एन्ड क्रेडिटको रकमसमेत अपचलन गरेको भन्दै ललितपुर प्रहरीमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिए ।

उक्त सहकारी विरुद्ध हालसम्म १४२ जनाले प्रहरीमा उजुरी दिएका छन् । गुरुङ कल्याण उपकार सहकारीका अध्यक्ष हुन् । उक्त सहकारीले करिब १९ करोड रुपैयाँ ठगी गरेको खुलेको छ । कल्याण उपकारका थप ६ जना सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । उनीहरू सबै फरार छन् ।


प्रतिक्रिया दिनुहोस !