१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले शुक्रबार युएईसँग खेल्ने



काठमाडौं । एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले चिरप्रतिद्धन्द्धी युएईसँग प्रतिस्पर्धा गर्ने भएको छ। समूह ए को विजेता नेपालले समूह बी को उपविजेता बनेको युएईसँग फाइनल प्रवेशका लागि शुक्रबार प्रतिस्पर्धा गर्ने भएको हो।

युएईले बुधबार कम्बोडियालाई नौ विकेटले पराजित गर्‍यो। शुक्रबार नै अर्को सेमिफाइनलमा आयोजक ओमान र हङकङबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ। सन् २०२५ को एसिया कप टी-२० फर्म्याटमा हुनेछ।


प्रतिक्रिया दिनुहोस !