१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई



काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा परम्परागत प्रतिद्वन्दी युएईसँग खेल्ने भएको छ ।

बुधबार समुह चरणका खेल सकिएसँगै युएई समुह बी मा उपविजेता बनेपछि सेमिफाइनलमा नेपालसँग खेल्ने भएको हो । नेपाल समुह ए मा अपराजित रहदै समुह विजेता बनेको छ ।

त्यस्तै अर्को सेमिफाइनलमा आयोजक ओमानको सामना हङकङसँग हुने भएको छ । ओमान समुह बी मा समुह विजेता बनेको छ । ओमानले समुह चरणका चारै खेल जितेर अपराजित रहदै समुह विजेता बनेको छ भने हङकङले ४ खेलमा २ खेल जितेर ४ अंकसहित समुह बी को उपविजेता बनेको छ ।

अब सेमिफाइनलका खेलहरु शुक्रबार हुने छन् ।
    


प्रतिक्रिया दिनुहोस !