६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

केजरीवाललाई अझै पाएनन् जमानत



काठमाडौँ । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतमा आफ्नो फैसला दिन अस्वीकार गरेको छ । 

सर्वोच्चले केजरीवाल वर्तमान मुख्यमन्त्री रहेको र जमानत दिएमा उनले सरकारको काममा हस्तक्षेप गर्ने बताउदै यस विषयमा थप बहस आवश्यक भएको बताएको हो । साथै सर्वोच्चले अहिले निर्वाचन नभएको भए अन्तरिम जमानतको प्रश्न नउठ्ने बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सर्वोच्चका न्यायाधीशले यस विषयमा थप बहस मे ९ मा हुने र समय नपुगेमा अर्को साताको तारिख दिने बताएका छन् ।

अर्कोतर्फ, दिल्लीको राउज एभिन्यू अदालतले पनि केजरीवालको न्यायिक हिरासत मे २० सम्म बढाएको छ । अप्रिल २३ मा अदालतले अरविन्द केजरीवालको न्यायिक हिरासत मे ७ सम्म बढाएको थियो । मार्च २१ मा केजरीवालको गिरफ्तारी पछि, उनी मार्च २२ मा राउज एभिन्यू अदालतमा हाजिर भए, जहाँबाट उनलाई मार्च २८ सम्म ईडी रिमाण्डमा पठाइएको थियो। उनी अप्रिल १ देखि तिहाड जेलमा छन् ।


प्रतिक्रिया दिनुहोस !