६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

काठमाण्डौँमा ख्रीष्टियन मिडिया सम्मेलन सुरु (फोटो फिचर)



ख्रीष्टियन जर्नलिस्ट फेलोसिपद्वारा आयोजित दुई दिने ख्रीष्टियन मिडिया सम्मेलन आज मंगलबार ललितपुरमा सुरु भएको छ ।

काठमाण्डौँ उपत्यकामा रहेका ख्रीष्टियन मिडियाकर्मीहरुको सहभागितामा ख्रिष्टियन जर्नलिस्ट फेलोसिप नेपालले दुई दिने मिडिया सम्मेलनको आयोजना गरेको हो ।

आयोजित दुई दिने सम्मेलनमा ख्रीष्टियन मिडियाको संघर्ष र अवसर सहित ख्रीष्टियन मिडियार्कीहरुले इसाई समुदायको पक्षमा खेल्नुपर्ने महत्वपूर्ण भुमिकाको विषयमा छलफल गरिनेछ । ख्रीष्टियान मिडियालाई आत्मनिर्भर बनाउन र आफ्नै सेटेलाइट टि.भि सञ्चालन गर्ने विषयमा समेत छलफल हुनेछ ।

ख्रीष्टियन मिडिया सम्मेलनको पहिलो दिन एन.सि एफ नेपालका महाससचिव सेर ए.सीले ख्रीष्टियन मिडियाकर्मीहरुको लेखन र प्रस्तुतिकरणमा ध्यान पु¥याउनुपर्ने विषयमा बोल्नुभएको थियो ।

त्यसैगरी नेपाल ख्रीष्टियन समाजका उपमहासचिव राजेन्द्र मल्लले ख्रीष्टियन पत्रकारहरु ज्योतिको रुपमा भएर सकारात्मक समाचार सम्प्रेषण गर्नुपर्छ भन्ने विषयमा पवित्र धर्मशास्त्र बाइबलबाट बचन बोल्नुभएको थियो । भर्चुवल माध्यमबाट पनि जोडिन सकिने दुई दिने सम्मेलन भोलि २६ गते बुधबार सकिनेछ ।


प्रतिक्रिया दिनुहोस !