६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

दार्चुलामा दुर्घटना हुँदा चार वर्षीय बालिका घाइते



धनगढी, २५ वैशाख । दार्चुलामा दुर्घटना हुँदा चार वर्षीय बालिका घाइते भएकी छन्। जिल्लाको महाकाली नगरपालिका–४ कि चार वर्षीया जेबिका धामीलाई सोमवार महाकाली नगरपालिका–५ बाट नौगाडतर्फ जादै गरेको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ।

घाइते बालिकालाई उपचारको लागि धनगढी रेफर गरिएको छ। मोटरसाइकल र चालक २२ वर्षीय सन्तोष सिंह मुन्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !