१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

भारतबाट फर्किएका सुदूरपश्चिमका तीन जनामा नयाँ भेरियन्टको कोरोना संक्रमण पुष्टि



कञ्चनपुर : नेपाल भारत खला सीमाका कारण नेपालको सुदुरपश्चिममा नयाँ भेरियन्टको कोरोना संक्रमण बढ्न थालेको छ । सुदूरपश्चिमका तीन जनामा नयाँ भेरियन्टको कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीको त्रिनगर नाका हुँदै भारतबाट फर्केका कञ्चनपुर, डडेल्धुरा र डोटीका तीनजनामा कोरोना संक्रमण देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरूको स्वाब परीक्षण गर्दा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले जानकारी दिए । उनीहरूमा फेला परेको कोरोनाभाइरस कुन भेरियन्टको हो भनी परीक्षण गर्न काठमाडौं ल्याइएको थियो । तीनै जना अहिले संक्रमित होम आइसोलेसनमा छन्।


प्रतिक्रिया दिनुहोस !