१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

ओली र नेपाल समूहका दोस्रो पुस्ताका ८ नेताले जोगाउलान् त एमालेको फुट ?



काठमाडौँ : पार्टी एकतालाई लिएर नेकपा एमालेका दोस्रो तहका नेताहरु पुन वार्तामा जुटेका छन्। मंगलबार ललितपुरको समिट होटलमा करिब एक घन्टादेखि एमालेका संस्थापन र विद्रोही पक्षका ४—४ जना नेताहरु वर्तामा जुटेका हुन्। वार्तामा संस्थापन पक्षका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् भने विद्रोही पक्षबाट भीम आचार्य, गोकर्ण विष्ट, घनश्याम भुषाल र सुरेन्द्र पाण्डे संलग्न छन्।

प्रधानमन्त्री ओलीले जेठ ३ अघिको अवस्थामा फर्किने लिखित प्रतिवद्धता सार्वजनिक गरे पनि माधव नेपाल पक्षले यसअघि नै अश्वीकार गरेपछि पार्टी एकतालाई लिएर पनि वार्ताको प्रयास जारी राखिएको हो। यो अघि पनि याक एण्ड यती होटलमा दोस्रो पुस्ताका नेताहरुको वार्ताले सार्थकता पाएको थिएन । यसपटकको वार्तामा सबैको ध्यान केन्द्रीत छ । तर आज सुदुरपश्चिममा नेपाल समूहले मुख्यमन्त्री लेखराज भट्टलाई विश्वासको मत दिएपछि पार्टी एकता गम्भीर मोडमा पुगेको छ । यस अघि पनि पटक पटकको वार्ता असफल भएको अवस्थामा यो पटकको वार्ताले एमालेको फुटटलाई जोगाउला त भन्ने प्रश्न उठेको छ ।


प्रतिक्रिया दिनुहोस !