२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

एमालेको केन्द्रीय कमिटीको बैठक शुरु, नेपाल समूहले गर्यो बहिस्कार



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसिरहेको बैठकमा पार्टीको विधान र आगामी महाधिवेशनबारे छलफल हुने बताइएको छ । जेठ २ अघिको संरचना अनुसार १० औं बैठक भएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। तर आजको बैठकमा भने वरिष्ठ नेता माधवकुमार नेपाल समूह उपस्थित छैनन् । आन्तरिक विवाद चुलिएको र विवाद समाधान कार्यदलले तयार पारेको सहमतिको प्रस्ताव नै सर्वस्वीकार्य नभएका बेला अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका हुन्। असन्तुष्ट माधव नेपाल पक्षले उठाउँदै आएको माग अनुसार नै बैठक बसे पनि नेपाल पक्षले एकलौटी रूपमा बैठक बोलाएको भन्दै अनुपस्थित रहेको छ।


प्रतिक्रिया दिनुहोस !