१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

मेरो भागमा परेको खुसी फिर्ता लेऊ



चाहिएको छैन सधै झुटो हाँसो हाँस्न।
जानिसके जिन्दगीलाई मिलाएर बाँच्न ।।
सक्छौ भगवान मलाई अझै दुख देऊ।
मेरो भागमा परेको खुसी फिर्ता लेऊ ।।

कसैसँग केही गुनासो गर्ने हैन ।
आश गर्नु ब्यर्थ जे भाग्य मै छैन।।
यिनै कयौ शब्द बने गितका भाका।
झर्दा आँसु लाग्छ, पखालिन्छन आँखा।।
सक्छौ भगवान मलाई अझै दुख देऊ।
मेरो भागमा परेको खुसी फिर्ता लेऊ।।

न त तिमी दोषी न त मैले गरे ।
भाग्य सधै तिम्रै भरमा म परे ।।
मनमा धेरै सपना बुन्नु गलत थियो ।
समय बित्दै जादा जे दिनु थियो दियो ।।
कसै सँग केही गुनासो गर्ने हैन।
आश गर्नु व्यर्थ जे भाग्य मै छैन ।।

गजलकार : बिमला भुसाल

 


प्रतिक्रिया दिनुहोस !