१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

केपी ओली र माधव नेपालबीच भेटवार्ताको तयारी



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता हुने भएको छ।

अध्यक्ष ओली र  नेपालबीच बिहीबार बेलुकी भेटवार्ता हुने तय भएको बताइएको छ। तर, एमाले नेता सुवासचन्द्र नेम्वाङले दुई नेताबीच भेटवार्ता हुन लागेको विषय पुष्टि गरेपनि समय र मिति भने खुलाउन चाहेनन्।

उनले भने, ‘उहाँहरुबीच भेट हुने कुरा भएको हो। आजै पनि हुन सक्छ, वा भोलि हुन सक्छ।’

नेकपा एमालेका दोस्रो तहका नेताहरुको प्रयासपछि शीर्ष नेताहरु भेटवार्ताका लागि राजी भएका हुन्।


प्रतिक्रिया दिनुहोस !