लामो समयसम्म स्थिर रहेको चन्द्रागिरि हिल्स कम्पनीको सेयर मूल्यमा बुधबार सकारात्मक सर्किट लागेको छ । आइपीओ दोस्रो बजारमा सूचिकृत भएसँगै सकारात्मक सर्किटका साथ प्रतिकित्ता २ हजार रुपैयाँभन्दा माथि पुगेको कम्पनीको सेयर त्यसपछि प्रतिकित्ता २८३५ रुपैयाँसम्म पुगेको थियो ।