काठमाडौं । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा ३ हजार १०६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार ९१६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।