काठमाडौं। काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्य सम्पन्न गर्ने बताएका छन् । शुक्रबार विहान निर्वाचन अधिकृत कार्यालयद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा साहले आफूले निर्वाचनको परिणामलाई एउटा सुरूवातको रूपमा लिएको बताए ।
यस्तै उनले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता गरे । ,‘हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेका छौं।’