मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छाडेर गएकाहरूलाई पार्टीमा स्वागत गर्ने चलन नरहेको बताए । विराटनगरमा पत्रकारसँगको कुराकानीमा शुक्रबार उनले कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक नभए पनि स्वागत गर्न चलन भने नभएको बताएका हुन् ।