२५ बैशाख २०८१, मंगलवार
 |   Tue May 7 2024
Logo

मलेठ घटनाको ६ बर्षपछि ओली सप्तरीमा



जनकपुरधाम । सप्तरीको मलेठमा ५ जनाको भएको घटनाको ६ बर्षपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सप्तरी आएका छन् ।शनिबार जिल्लाको कंचनरुप नगरपालिकामा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्न ओली यहाँ आएका हुन् ।यसअघि २३ फागुन २०७३ मा एमालेको मेची महाकाली अभियान अन्तर्गतको कार्यक्रमका लागि ओली सप्तरी आएका थिए । मलेठस्थित औद्योगिक क्षेत्रमा एमालेले अभियानको कार्यक्रम गर्न खोज्दा तत्कालिन मधेशी मोर्चाले अवरोध गरेको थियो ।

मोर्चाको अवरोधकाबीच एमालेले कार्यक्रम गरेको थियो । एमाले र मधेशी मोर्चाका कार्यकर्ताबीचको सम्भावित झडप रोक्न खटिएको प्रहरीले गोली चलाउँदा ५ जनाको मृत्यु भएको थियो ।कुर्ता पाइजामा लगाएर आएका ओलीले घाँटीम गमछा पनि बेरेका छन् । आमसभामा बिभिन्न पार्टीका नेताहरु प्रवेश गर्ने कार्यक्रम समेत रहेको एमाले, सप्तरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !