१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

ओली सरकार ढाल्न मुख्य भूमिका खेलेका दस भाईको टिकट अझै अनिश्चित



काठमाडौं । एमालेका धेरै नेताहरू उमेदवारी दर्ता गर्न टिकट लिएर जिल्ला पुगिसकेका छन् । तर, तत्कालीन केपी शर्मा ओली सरकार ढाल्न भूमिका खेलेका मुख्य १० नेताहरूको टिकट भने अझै निश्चित भएको छैन । 

एमालेमा रहदा माधव नेपाल समूहमा लागेका पूर्वउपाध्यक्ष भीम रावल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, पूर्व उपमहासचिव घनश्याम भुसाल र सचिव योगेश भट्टराईलगायतको टिकट अनिश्चित नै रहेको छ । पूर्वउपाध्यक्ष रावलले सबै कमिटीबाट आफू एकल सिफारिस गरेकाले टिकट नदिए केही निर्णय लिने बताइसकेका छन् । 

त्यस्तै एमालेका पूर्व उपमहासचिव घनश्याम भुसालको पनि चुनाव लड्ने निश्चित भएको छैन । उनको निर्वाचनबाट राप्रपाका नेता दीपक बोहोरालाई दिने एमालेको तयारी रहेको बताइएको छ । सचिव योगेश भट्टराई र उपाध्यक्ष पाण्डेको पनि टिकट टुंगो लागेको छैन । त्यस्तै भीम आचार्य, रघुजी पन्तलगायतका नेताहरूको पनि टिकट पाउने संभावना कम रहेको एमाले नेताहरू बताउँछन् । तत्कालीन ओली सरकार ढाल्नका लागि भूमिका खेलेकाहरूलाई ओलीले टिकट दिन आनकानी गरिरहेको नेताहरू बताउँछन् । ओलीले सार्वजनिक रूपमै पार्टीको अनुशासनबाहिर गएकाहरूले आममाफी माग्नुपर्ने बताउने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !