२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

लमजुङमा एमालेका उपमहासचिव गुरुङको अग्रता, ५०० मत बढीले पछि परे देव



लमजुङ । लमजुङमा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अग्रता कायम गरेका छन् ।

हालसम्म दूधपोखरी गाउँपालिका र क्व्होलासोंथर गाउँपालिकाको ४ हजार ८ सय ९८ मतगणना गर्दा एमालेका पृथ्वीसुब्बा गुरुङले २ हजार ५ सय ८ मत प्राप्त गरेका छन् ।

गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङले २ हजार ८७ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पृथ्वीसुब्बा गुरुङले ४ सय २१ मतले अग्रता कायम गरेका छन् ।

प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ६७ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका टकबहादुर गुरुङ, आमूल परिवर्तन मसिहा पार्टी नेपालका नन्दजङ गुरुङ, नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापति, मंगोल नेशनल अर्गनाईजेशनका विकास गुरुङ र स्वतन्त्र उम्मेदवार चन्दन बस्याल चुनावी मैदानमा छन् ।


प्रतिक्रिया दिनुहोस !