१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

साढे ७८ लाख रुपैयाँसहित दुई हुण्डी कारोबारी पक्राउ



काठमाडौं : साढे ७८ लाख रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले ७८ लाख ५० हजारसहित दुई जनालाई पक्राउ गरेको हो। महाशाखाको विशेष टोलीले काठमाडौंको न्युरोड क्षेत्रबाट कैलाली घर भई बिजुली बजार बस्ने २३ वर्षीय किशोर चौधरी र सोही जिल्लाका ५९ वर्षीय दीपेन्द्रबहादुर मल्ल पक्राउ परेका छन्।

नेपाल राष्ट्र बैंकको इजाजतपत्र नलिई वित्तीय कारोबार गरिरहेको सूचना पाएपछि महाशाखाको टोलीले दुवैलाई पक्राउ गरेको हो। उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को उपदाफा ९५ बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ। उनीहरूसँग रहेको चार लाखको चेक र दुई थाप मोबाइलसमेत प्रहरीले बरामद गरेको छ।

प्रहरीका अनुसार मल्लले विगत पाँच वर्षदेखि हुण्डी कारोबारमा संलग्न हुँदै आएका छन् भने चौधरी ४ महिनादेखि संलग्न हुँदै आएका छन्। उनीहरू अर्का एक व्यक्तिको मातहतमा रहेर दैनिक एक करोड बढी रकम कारोबाहर गर्ने गरेको प्रहरीको दाबी छ।


प्रतिक्रिया दिनुहोस !