१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय



काठमाडौं । भारतको गुजरातस्थित सुरत जिल्ला अदालतले भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई मानहानिको मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ ।

उनले सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै मोदी थर भएका व्यक्ति चोर हुन्छन् ?’ भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिका आधारमा उनलाई मानहानिको मुद्दामा दोषी ठहर गरिएको हो ।

भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले गान्धीविरुद्ध सो अभिव्यक्तिले आफूलगायत व्यक्तिको मानहानि भएको भन्दै उजुरी दायर गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !