२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

सीमा समस्याबारे प्रचण्ड र मोदीका बीचमा छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नेपाल(भारत सीमा समस्याबारे छलफल भएको छ। बिहीबार हैदरावाद हाउसमा भएको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै दुबै प्रधानमन्त्रीले सीमा विवादबारे कुराकानी भएको जानकारी दिए। भारतीय प्रधानमन्त्री मोदीले वार्ताका माध्यमबाट सीमा विवाद समाधान गर्न सकिने बताए।

हामी हाम्रो सम्बन्ध हिमालयको उचाइमा पुर्‍याउनका लागि काम गरिरहनेछौं। यही भावनाका साथ सीमासम्बन्धी वा अन्य विषयहरूको पनि समाधान गर्छौं सम्बोधनका क्रममा उनले भने। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पनि सीमा विवाद समाधानका विषयमा कुराकानी भएको बताए। नेपाल र भारतबीच लिपुलेक लिम्पियाधुरा, सुस्तालगायत विभिन्न ठाउँमा सीमा विवाद छ।


प्रतिक्रिया दिनुहोस !