६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

नेपाली कांग्रेस महामन्त्री शशांक कोइराला हुनु भयो कोरोना मुक्त



काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोनामुक्त भएका छन्। पछिल्लो पटक गरिएको स्वाब परीक्षणमा महामन्त्री कोइरालाको रिपोर्ट नेगेटिभ आएको हो।

कोइरालालाई भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। संक्रमण पश्चात घरमै आइसोलेसनमा बसिरहेका कोइरालाको स्वास्थ्यमा थप जटिलता देखिएपछि भदौ ३० उनलाई ओम अस्पतालमा भर्ना गरिएको थियो।

कोइराला असोज ३ गते अस्पतालबाट डिस्चार्ज भएका थिए। डिस्चार्ज भएपछि घरमै आइसोलेसनमा बसिरहेका उनको पछिल्लो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।


प्रतिक्रिया दिनुहोस !